जनकपुरधाम, भदौ २ : मधेश प्रदेशसभा अन्तर्गतको विकास समितीको सभापतीमा सांसद डा. रिना यादव चयन भएकी छन् ।
गत बुधवार बिहान ११ बजे देखी बेलुका ५ बजे सम्म सचिवालयमा सभापतीमा उम्मेदवारको नाम दर्ताको समय सिमा राखिएकोमा निर्धारित समय भित्र डा. यादवको मात्र एकल उम्मेदवारी परेपछि उनी सो पदमा चयन भएकी हुन ।
विहिवार बिकास समितीको बैठक पछी उनी सर्वसम्मत सभापती चयन भएकी छन ।
सभापतीमा उम्मेदवारी दिएका सांसद डा. यादवको प्रस्तावक सांसद सुन्दर बहादुर बिश्वकर्मा तथा समर्थकमा जन्नत अंसारी थिए । पाँच दलिय गठबन्धनबाट जसपाकी उम्मेदवार डा.यादव विरुद्व प्रतिपक्षीहरुको तर्फबाट कसैले पनि उम्मेदवारी नदिएको कारण उनि निर्विरोध भएकी छन ।
तत्कालिन राजपाले नेतृ विभा ठाकुरलाई हटाएर डा. यादवलाई समानुपातिक सांसद बनाएका थिए तर त्यसपछि एकिकृत भई बनेको जसपाबाट राजपा समुह फुटेपनि डा. यादव जसपामै रहिन र हाल उनी जसपाकी समानुपातिक प्रदेश सासद छन् ।
Discussion about this post