उमेश कुमार साह , बोदे बर्साईन ।

सप्तरीको पश्चिमवर्ती सिमाना नाका बोदे बर्साईन नगरपालिका वडा नम्बर ६ खमगडा गाउँ नजिक रहेको नहर स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको करिब १ लाख २ हजार ५ सय ५० रुपैया बराबरको अबैध लत्ताकपडा सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोदे बर्साईनकाबाट खटिएको गस्ती टोलीले अबैध रुपमा भन्सार छली टाउकोमा बोकेर नेपाल तर्फ ल्यादै गरेको सो परिणामको अबैध लत्ताकपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी टोलीलाई तस्करहरुले देखेपछि कपडा फालेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल बोदे बर्साईन सप्तरीले जनाएको छ । बरामद अबैध लत्ताकपडा आबशयक कारबाहीको लागि राजबिराज भन्सार कार्यालय कुनौलि, सप्तरीमा पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण बल, सप्तरीका एसपी प्रदिप खड्काले जानकारी दिए ।