रौतहट । नेपालमा भाइरस झैँ फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न ज्ञापन पत्र बुझाउने क्रम जारी छ ।

धनुषा, महोत्तरीमा जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) लाई ज्ञापन पत्र बुझाएकोमा आइतबार मधेश प्रदेशको रौतहटमा समेत ज्ञापन पत्र बुझाइएको छ ।

 

आईतबार जिल्ला प्रहरी कार्यालय रौतहटका एसपीलाई टिकटक बैन सँघर्ष समिति रौतहटले ज्ञापन पत्र बुझाएको हो । उनीहरुले एसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको हो ।

टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै बैन गर्न अपिल गरिएको छ ।
भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटोक बैन गरिदिएको हो ।

जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपालमा टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ ।

सिरहा, सप्तरी लगायतको जिल्लाहरुमा समेत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रम जारी रहेको छ ।

केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ ।

नेपाल प्रहरी अन्तर्गतको साईबर ब्यूरोले टिकटक बैन गराउन अहम भूमिका निर्वाह गर्न सक्छ । यद्यपी, कम्लेन नै नपरेकोले साईबर ब्यूरोले पनि ध्यान दिएको छैनन् ।