गरुडा । रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ ।
गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको स्थानियले बताएका छन् ।
चट्याङ लागेर ज्यान गुर्माएका मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएके छ।
Discussion about this post