मधेशटप ,जनकपुरधाम । बाढि ग्रस्त क्षेत्रको कृषकहरुको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरुको कृषिमा पुन : एकिकरण गर्ने उदेश्यका साथ मधेश प्रदेशमा जलवायु मैत्रि कृषि कार्यक्रम संचालन हुने भएको छ ।
नेपाल सरकारको समन्वयमा कोरियाका ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जिजिजिआई) ले संचालन गर्ने उक्त परियोज मधेश प्रदेशको धनुषा र महोतरी जिल्लाको पाँच÷पाँच वटा पालिकामा संचालन हुने छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदिप यादवको रोहवरमा बुधबार उक्त परियोजना वारेमा जिजिजिआईका नेपाल प्रतिनिधि एवम निर्देशक लाजसे रिंगाइज र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव नम्रता सिंह विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
तीन वर्षसम्म संचालन हुने उक्त परियाोजनाले जलवायु परिवर्तनवाट जोखिममा परेका व्यक्तिको पहिचान गरी न्यूनिकरण गर्नुको साथै खाद्य तथा रोजगारीको सुनिश्चितता गर्ने लक्ष्य लिएको परियोजनाका मधेश प्रदेश संयोजक पुरुषोतम प्रसाद गुप्ताले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै बन तथा बातावरण मन्त्री यादवले यस प्रकारको कार्यक्रमले जलवायु परिवर्तनका कारण पिडित बनेका किसानहरुले लाभ लिने बताउनुभयो ।
उहाँले यस प्रकारको कार्यक्रमलाई मधेश प्रदेशको प्रत्येक पालिकामा संचालन गर्नका लागि जिजिजिआइलाई आग्रह गर्नुभयो । उहाँले कोरिया सरकारको मार्फत नेपाललाई विभिन्न खालको सहयोगहरु प्राप्त भइरहेको विषयमा प्रशंसा गर्दै नेपाल र कोरिया बिचको सम्बन्धलाई अझ सुदृढ पारेर अघि बढनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपालका लागि कोरियाका राजदुत चोगं सुक पार्कले जलवायु परिवर्तन वाट सिरजित समस्याको न्यूनिकरणका लागि उक्त परियोजनाले काम गर्ने र गरिबहरुको लागि यो फलदायि सावित हुनेमा आफु आशावादी रहेको बताउनुभयो ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वन तथा बाताबरण मन्त्रालयका सचिब प्रेम नारायण कडेल, मधेश प्रदेशका मुख्य सचिव कृष्णबहादुर राउत सहितको उपस्थिती रहेको थियो । यस परियोजनावाट पाँच हजार नौ सय कृषक लभान्वित र ११ सय व्यक्तिले रोजगारी पाउने विश्वास लिइएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा धनुषा र महोतरीका १० वटै पालिकाका पालिका प्रमुखले कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
Discussion about this post