मधेशटप,संवाददाता । आगामी मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषा क्षेत्र नम्बर ३(१) बाट मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको विशेष उपस्थितीमा भएको प्रदेश स्तरीय बिस्तारित बैठकबाट यादवको नाम सिफारिस गरिएको हो ।

यादव २०७४ को निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर–३ (१) बाट निर्वाचित भएका थिए ।