मलंगवा । नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य मनोज कुमार देवकाटाकोे सांसदको चुनाव बारे धेरै नै चर्चा चल्न थालेको छ सर्लाही क्षेत्र नम्बर १ मा चर्चा सुरु भएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनमा संघीय सांसदमा देवकोटाको नाम चर्चामा आउन थालेको हो ।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा ईश्वरपुर नगरपालिकाको मेयरमा जित्नु भएका नेता देवकोटा ०७९ बैशाख ३० गते भएको निर्वाचनमा भने पराजित हुनुभएको थियो । उहाँको चर्चा मेयर हुँदैदेखि संघीय संसदमा थियो ।
उहाँ पार्टीको तर्फबाट संघीय संसदको लागि योग्य हुनुभएकोले उहाँलाई संघीय संसदमै उठाउनुपर्ने कार्यकर्ताहरुले माग गरेका छन् ।
पार्टीको जिल्ला अध्यक्ष समेत भईसक्नुभएका नेता देवकोटा साविक भक्तिपुर गाविसका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ तत्कालीन गाविसको उपाध्यक्ष समेत भईसक्नु भएको नेता हुनुहुन्छ । नेता देवकोटाको चर्चा संघीय संसदका लागि हुने हरेक पटकको आम चुनावमा हुने गरेको छ ।
२०७० मा भएको चुनावमा पनि संघीय संसदमा नेता देवकोटाकै चर्चा थियो तर केन्द्रले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई टिकट दिएर यहाँबाट चुनावमा उठायो । २०७४ मा त उहाँ मेयर भईसक्नुभएको थियो ।
अहिले पनि चुनावको मिति घोषणा भएको छ । फेरी संघीय सांसदमा देवकोटाकै चर्चा चल्न थालेको छ । उहाँको चर्चा सामाजिक सञ्जालमा मात्रै हैन हरेक चोक चौतारा र आम नेता कार्यकर्तामा नै चल्न थालेको उहाँ निकटस्थहरुले बताएका छन् ।
संघीय संसदमा आफू उम्मेदवार हुने नहुने विषयमा नेता देवकोटा स्वयमले मुख नखोले पनि भित्री रुपमा उहाँ चुनावकै तयारीमा लाग्नुभएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार नेता देवकोटाले टिकटकै लागि केन्द्रीय तहका नेताहरुसँगको भेटघाटलाई तिब्र बनाउनुभएको छ । उहाँ निकटस्थहरुका अनुसार यो पटक सर्लाही क्षेत्र नम्बर १ मा गठबन्धनलाई पराजित गर्न सक्ने र भारी मतले संघीय संसदमा जित्न सक्ने भनेकै नेता देवकोटा नै हुनुहुन्छ ।
उनीहरुका अनुसार सर्लाही क्षेत्र नम्बर १ मा ६ पटक भएको संघीय चुनावमा तीन पटक एमालेले जितेको बताएका छन् । ‘क्षेत्र नम्बर १ मा तीन पटक एमालेले जितेको थियो । चुनाव जित्नेमा सबै क्षेत्रवासी नेता नै हुन् । बाँकी तीन पटक पार्टीले हार्नुको कारण यहीका नेतालाई बाईपास गरेर केन्द्र र अन्यत्रबाट नेताहरुलाई ल्याएर चुनावमा उठाउनु हो ।,’ नेता देवकोटा निकटस्थहरुले भने ।
केही दिन अघि सो पार्टीका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले सर्लाही क्षेत्र नम्बर एकमा पार्टीले पठाए आफूले जितेर देखाउने बताउनुभएको थियो । त्यस लगतै टिकटका दाबेदार मानिनुभएका देवकोटा निकटस्थहरुले क्षेत्र नम्बर १ मा देवकोटाको विकल्प नभएको बताएका हुन् ।
Discussion about this post