मधेशटप,संवाददाता । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महोत्तरी बाट नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य, वरिष्ठ पत्रकार तथा महन्त नवल किशोर यादव (बाबा) नेपाली काँग्रेसबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क बाट उम्मेदवारमा सिफारिस  भएको छ ।

महोत्तरी  निर्वाचन क्षेत्र नं. १ ‘क’ को बैठकमा नेपाली काँग्रेसबाट नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य, वरिष्ठ पत्रकार तथा महन्त नवल किशोर यादव (बाबा) उम्मेदवारमा सिफारिस  भएको छ ।

यस अघि २०७४ को निर्वाचन क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसबाट नेता सिताराम भण्डारी पराजित भएका थिए ।

यस अघि नेकपा माओवादीले यस क्षेत्रबाट  गिरीराज मणि पोखरेल विजयी भएका थिए ।