शुभ नारायण यादव सप्तरी ,२२ भदौ । सप्तरीको राजविराज नगरपालिका वडा न.२ राजदेवि टाेलकि एक जना मृतक परिवारलाई राहत स्वरुप एक सस्थाले अार्थिक सहयोग गरेकाे छ ।
स्वावलम्वन लघुवित वितिय सस्था लि. सग अावद राजदेवि स्वावलम्वन महिला केन्द्र न.८१ कि सदस्य रिम्पु कुमारी ठाकुरलाई सस्थाले अार्थिक स्वरुप ३ लाख ९० हजार बराबरको चेक एक कार्यक्रमका बिच हस्तान्तरण गरेकाे हाे ।
सस्थाकि सदस्य ठाकुरकि पति ललित कुमार ठाकरकाे गत असार ७ गतेमा अचानक मृत्यु भए पछि सस्थाले विनित रकम मध्ये कर्जा बिमा वापतकाे ३ लाख ५० हजार र किरिया खर्च बापत ४० हजार गरि कुल ३ लाख ९० हजारकाे चेक प्रदान गरेकाे छ ।
मृतककाे घरमे पुगेर राजविराज नगरपालिकाकि उपमेयर इसरत प्रविण ,सस्थाका राजविराज शाखाका प्रबन्धक टेक नारायण कामति , इलाका लहान सिरहाका प्रबन्धक तारणि प्रसाद चाेधरि , युवा पत्रकार शुभ नारायण यादव ,सस्थाका धर्मेन्द्र कुमार महरा लगायतको उपस्थितिमा साे रकम बराबरको चेक हस्तान्तरण गरेका छन । चेक रकम बुझदे पिडित महिला ठाकुरले खुशि ब्यक्त गर्दै स्वावलम्बन सस्थालाइ धन्यवाद समेत ब्यक्त गरेका छन ।
यसेबिच साेहि कार्यक्रममा राजविराज नगरपालिकाकि निमित मेयरले पिडितकाे छाेरिकाे बिहेमा लाग्ने खर्चमा अाफुले समेत अावश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
Discussion about this post