काठमाडौं । प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं निर्वाचन ७ नम्बर- क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका इंजीनियर किरण केसीले शिक्षा सम्बन्धी भिजन सार्वजनिक गरेका छन् ।

केसीले सांसद भवन भनेको नीति छलफल गर्ने, संसोधन गर्ने र बनाउने ठाउँ भएकोले आफूले उम्मेदवारी घोषणा गरे पछि आफूले शिक्षा सम्बन्धी सानो रिसर्च गरेको र सोही अनुसार नै शिक्षा सम्बन्धी आफ्नो दृष्टिकोण प्रस्तुत गरेको बताएका छन् ।

उनले आफ्नो रिसर्चमा प्राथमिक स्तरमा सरदर ७५ लाख विद्यार्थी हुने र ती मध्ये ५७ लाख जनाले ६ देखि १० कक्षासम्म पढ्ने, त्यसैगरी नै ५र ६ लाख जनाले प्रत्येक वर्ष एसइई दिने, ११ र १२ लाई जोड्दा १० लाख प्लसटु जमा भर्ना हुने र ४ लाख जनाले ब्याचलर्स जोइन गर्दछन भने जम्मा ४३ हजार भन्दा थोरै बढीले मात्रै मास्टर्स जोइन गर्ने गरेको तथ्य पत्ता लगाएको उल्लेख गरेका छन् ।

उनले आफूले सामाजिक संजालमा कुनै पनि देशलाई सिध्याउन छ भने सब भन्दा पहिले त्यहाँ टिचरलाई सिध्याउ भन्ने कुरा पढेको भन्दै हाल हाम्रो देशमा पनि प्रधानमन्त्रीको पार्टी निकट विद्यार्थी संगठनको नेताले विश्वविध्यालयमा ताला लगाएको , प्राध्यापक कुटेको र पदाधिकारीको माइन्युट खोसेको देखिएको तर यसलाई नेपाली समाजले सजिलै पतयाएको बताएका छन् ।

नेपालको शिक्षा प्रणालीमा मुलतबीचैमा पढाइ छोड्ने, कमजोर मान्छे शिक्षक प्रोफेसर सम्मबन्ने, बिद्यालय व्यवस्थापनदेखि विश्वविद्यालयको पदाधिकारीसम्म चरम राजनीति महँगो खर्चिलो भएको हुदाँ प्राइभेट पढाइ, असमावेसी शिक्षा , एउटा खास समुदाय जात मात्र ज्ञान उत्पादन र प्रसारण गर्ने चेनमा

आवद्ध, हालको शिक्षा प्रणालीले बेरोजगार उत्पन्न गरिरहेको छ , यहाँ बाट पास आउटलाई यही बिक्रि हुन गाहर्े हुने र समयमा कोर्स नसकिने लगायतका समस्याहरु रहेको केसीले उल्लेख गरे ।

केसीले नेपालको शिक्षा प्रणालीमा देखिएका समस्या समाधान गर्नको लागिबीचैमा पढाइ छाड्नुको के कारण हो प्रतेक विद्यार्थी केन्द्रितका कारण पहिचान गरेर सहयोग गर्ने नीति ल्याउने, सुविधा , तलव र अन्य व्यवस्था मार्फत अब्बल र टपरहरुलाई टिचर प्रोफेसर हुन प्रोत्साहन गराउने नीति निर्माण गर्ने, विद्यार्थी संगठनहरुमा उमेर हदबन्दी लगाउने नीति निर्माण गर्ने, नेपालमा वर्षौसम्म एउटै कोर्स पढाइ हुन्छ , प्रतेक ३,४ सालमा कोर्स चेन्ज हुने, प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थाको अन्त्य गरिने लगायतका आफ्ना शिक्षा सम्बन्धी भिजनहरु सार्वजनिक गरेका छन् ।

ACFrOgDNzJ7TSdUz0eHt3YQo9ZKnfeNuRZA_i_rHtDYjlzN_dQhCrqFeMmX6LxnimL-UMWR85NfCdnXkSq5pl1tHAfR7JlHBS8L7ktcUn4oErUfVxjsL_DoGHXYwXf2utjBXTC48dApzNpzsWvwq