पवन प्रसाद साह,वीरगंज, पर्सा । संदिप लामिछाने को सपोर्ट मा वीरगंजमा प्रदर्शन भएको छ।नेपाल क्रिकेट संघ का क्याप्टेन संदिप लामिछाने लाइ केटि ले बलात्कार केसमा फसाउन खोजेको र त्यही केसको आधारमा संदीप लामिछानेलाई राष्ट्रिय टिम बाट निलम्बन समेत गरिएको छ ।

निलम्बन कुन आधारले गर्यो उत्क घटना को सत्यतथ्य छानबिन गर्न को लागि ­वीरगंज स्थित घण्टाघर चौकमा खेलकुद प्रेमिहरु ले बिरोध प्रदर्शन गरेका छन्।

सागर लामाको नेतृत्वमा विभिन्न नाराहरू लेखिएको पम्पलेट सहित बिरोध प्रदर्शन गरेका छन।
जस्तै:- नाबालिक भनिएकी पिडित लाइ सार्वजनिक गर,दोषी करार नहुदै अनलाईन मा कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुदैन पुरुष लाइ दमन गर्न पाउदैन, घटनाको सत्यतथ्य छानबिन गर,गैरजिम्मेवारी अनुसन्धान गर्न पाउदैन, सत्यतथ्य घटनाको छानबिन गर, सडयन्त्र जालसाजी गर्न पाउदैन, पुरुष लाइ मात्र दोषी ठहरयाउन पाउदैन, न्याय बराबरी पाउनु पर्छ, संदिप दोषी हो भने निर्मलापन्त को दोषी को हो?, नेपाल को कानुन दैबले जानुन, Justice For Sandip Lamichne, घटनाको छानबिनमा कुनै सडयन्त्र गर्न पाउदैन भन्दै खेलकुद प्रेमिहरु ले बिरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।