जनकपुरधाम । गिनिज बुकमा नाम रिकर्ड गराएका धनुषाका डा.नवल पजियारद्वारा जनकपुरधामामा निःशुल्क ‘मेमोरी एण्ड माइण्ड पावर’ सेमिनार हुन लागेको छ ।
यहि भदौ २८ देखि ३० गतेसम्म जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सो सेमिनार हुन लागेको पत्रकार सम्मेलन गरी डा.पजियारले जानकारी गराएका छन् ।
यो भन्दा अघि नेपालको विभिन्न जिल्ला र भारत, अमेरिका, थाइल्यण्ड, सिंगापुर, दुबै लगायत दर्जनौं देशमा यो समिनार गरिसकेको उहाँले बताएका छन् ।
डा.पजियारद्वारा गरिएको ‘मेमोरी एण्ड माइण्ड पावर’ सेमिनार नेपालका राष्ट्रपतिदेखि लिएर पूर्व प्रधानमन्त्री डा.बाबुराम भटट्राई, पुष्पकमल दहाल, अभिनेता राजेश हमाल लगायत दर्जनौं मन्त्री तथा कलाकारहरु सहभागी भएको र प्रशंसा गरेको बताएका छन् ।
त्यस्तै उहाँको सेमिनारमा भारतीय अभिनेता अमिताभ बच्चन, जितेन्द्र कुमार, करिश्मा कपुर, अजय देवगण, गगोबिन्दा सहित दर्जनौं नेता तथा अभिनेताहरुले सहभागी भएको र समिनारमा सहभागी हुनका लागि सबैमा आग्रह गरिसकेका डा. पजियारले प्रस्तुत गरेको एउटा सानो डकुमेन्ट्रीमा देखाइएको छ ।
सेमिनारमा दिमागी स्मरण शक्ति, व्यक्तिको नाम र अनुहार सम्भ्mिने तरिका, परीक्षामा सफल बन्ने वैज्ञानिक तरिका, व्यापार बुद्धिकलाको साथसाथै सुखी जीवन जिउने कला लगायत अन्य धेरै उपयोगी रहेको बताएका छन् ।
उक्त कार्यक्रममा सहभागी धनुषावासीहरुका लागि सबैमा आग्रह गरेका छन् ।
Discussion about this post