जनकपुरधाम : मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले शिक्षा बिना विकास सम्भव नभएकाले सबै भन्दा बढि शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।

बुधबार पर्साको बिरगंजमा करिव ३२ हजार तेली समुदायको सहभागितामा आयोजित तेली कल्याण समाजको तेश्रो केन्द्रिय महाधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री साहले तेली जातिको सशक्तिकरणका लागि पनि पहिलो आवश्यकता शिक्षा नै हुनुपर्ने बताए ।

तेली लगायतका बैश्य जातिहरुको विकासका लागि भारतमा ओबीसीको जस्तै नेपालमा पनि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था हुनुपर्नेमा उनको जोड थियो । ओबिसीको राजनीतिक पहुच अब सिंहदरबार सम्म पुरयाउनका लागि तेली कल्याण समाजले भुमिका खेल्नु पर्ने पनि जानकारी गराए । वीरगन्जमा आयोजित महाधिवेशनमा तेली जातिको विशाल सहभागीताले देशभरमा तेली जाति एकजुट छन् भन्ने सन्देश दिएको मन्त्री साहले बताए ।

वीरगन्जको घण्टाघर स्थित पार्कमा तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाइ संघीय सांसद प्रमोद साह, भारत बिहारका विधाननसभा सदस्य लालबाबु प्रसाद, संविधानसभासदस्य आत्मराम साह, मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु राजेश्वर साह तेली, पारस साह तेली, दिलिप साह, निरा साह, सावित्री देवी साह, जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, नेपाल वैश्य युवा संघका अध्यक्ष तथा जसपा नेता दिलिप चन साहु लगायतले पनि सम्बोधन गरेका थिए ।

आजै बेलुकी देखि नगरसभागृहमा बन्दसत्र शुरु हुने र बन्द सत्रबाट समाजको नयाँ नेतृत्व चयन पनि गरिने समाजका पर्सा अध्यक्ष ध्रुब साह तेलीले जानकारी दिए । महाधिवेशनमा देशभरका जिल्लाबाट तेली जातिका करिब ३२ हजार प्रतिनिधी सहभागी भएको थियो ।
Discussion about this post