जनकपुरधाम । दुर्गा पुजाको पहिलो दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा महिलाहरु कलश यात्रामा सहभागी भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ७,दक्षिणकाली मन्दिरस्थित घटस्थापनाको अवसरमा बिसाल कलश यात्रा निकालिएको छ ।
तराई मधेशका धनुषाका लगयातका प्रदेश तथा देशवासीहरुले विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।
दक्षिणकाली मन्दिरमा रहेको प्राङगढबाट करिब ४०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले वडा नम्बर -७ बाट माछाबजार,मुरली चोक हँदै परिक्रमा गर्दै गंगा सागरमा जलभरेर मन्दिरमा स्थापित गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको उपलक्षयमा तराईका विभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।
यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको छ । पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसी बोकाको बलि एवं नाचगान तथा मेला लाग्ने गरेको छ । अन्तिम दिन मेला विषर्जन कार्यक्रम गर्ने गरिन्छ ।
Discussion about this post