जनकपुरधाम । संचारमाध्यमले विश्वसनीयता बढाउन निष्पक्ष रिर्पोटिङ्ग गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
मिडिया एक्सन नेपालद्वारा आयोजित छलफल कार्यक्रममा समाचार संप्रेषन गर्ने बेलामा संचारमाध्यम गम्भिर हुनुपर्ने सहभागीहरुले धारणा राखेका छन् ।
कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले संचारकर्मीले प्रभाव र दबाबमा नपरि निष्पक्ष, विश्वसनीय र तथ्यपरक समाचार संकलन र संप्रेषन गर्नुपर्ने खाँचो औल्याए ।
उनले निर्वाचन आयोगले लागु गरेको अचारसंहिता राजनीतिक दल,उम्मेदवारले मात्रै नभइ संचारकर्मीहरुले पनि पालन गर्नुपर्ने बताए ।
निर्वाचनको वेलामा संचारमाध्यमको दुरुप्रयोग हुने सम्भावना बढी रहेको उल्लेख गर्दै उनले नेपालका हरेक पार्टी निकट संचारकर्मीहरुको विभिन्न संघसंस्थाहरु रहेकोले समाचार संप्रेषन गर्ने बेलामा संचारमाध्यम सजग हुनु जरुरी छ बताए ।
उनले भने,‘ निर्वाचन लोकतन्त्रको गहना हो र संचारकर्मी लोकतन्त्रको पहरेदार हो । त्यसकारण ‘व्यक्तिगत रुपमा कुनै संचारकर्मी कुनै पार्टीको विचार र सिद्धान्तसँग सहमत हुन सक्छन,त्यो उसको अधिकार र स्वतन्त्रताको कुरा हो, तर आस्था र विचारलाई बाइपास गरी निष्पक्ष र स्वतन्त्र भइ समाचार संकलन गर्नुपर्छ ।’
संचारकर्मी र संचारमाध्यले निर्वाचनको सचारचार निष्पक्ष रुपमा गरेको खण्डमा संचारकर्मी र संचारमाध्यकै विश्वसनीयता बढ्ने अध्यक्ष दत्तको भनाइ थियो ।
Discussion about this post