उमेश कुमार साह
सप्तरी । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, प्रक्रिया,प्रचारप्रसार उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल , बोदे बर्साईन छलफलमा जुटेको छ ।
बोदे बर्साईन नगरपालिकामा जारी क्षेत्रीय नेता तथा केन्द्रिय नेताकार्यकर्ताको पहलमा राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसार , प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपा, नेपाल बोदे बर्साईनका नगर अध्यक्ष अरुण यादवले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय नेता अनिरुद्व कुमार सिंह नेताले भने, “नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस मलाई नै हुनु पर्ने जोरदार माग गरेको छ। मैले जसपाको नियम बमोजिम टिकटको लागि प्रक्रिया मिलाएर पटक पटक बैंकक राखी जनताको र पार्टीका राजनीतिक कार्यकर्ताको लाग अनुसार एकल सिफारिस भएको छु। स्थानीय राजनीति कार्यकर्ताका अनुसार रहेक निर्णय हामीले भेलाबाट पारित गरेका छौं , हाम्रो निर्णयलाई पार्टीले मान्नु पर्छ क्षेत्र नम्बर ४ ख को प्रदेश सभा सदस्यको सिफारिसमा सर्व सहमत अनिरुद्व कुमार सिंहको नाम यहाँका सम्पुर्ण जनताको माग बमोजिम भएकोले पार्टीलाई मूल्याकंन गर्नु पर्ने बोदे बर्साईन नगरपालिका – ३ का स्थानीय नेता दिपेन्द्र यादवले बताए
जनता समाजवादी पार्टी नेपालबाट सप्तरीको क्षेत्र नं. ४ ख बाट प्रदेश सभाका लागि प्रत्यक्ष उम्मेदवार अनिरुद्ध प्रसाद यादव हुनुपर्ने नभए हामीले बहिष्कार गर्ने जसपा बोदेबरसाईन नगर समितिले निर्णय गरेको छ ।
जसपाका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो बैठकमा केन्द्रिय सदस्य गीता यादव, जसपा संघिय परिषद सदस्य आशिष यादव लगायत सैकडौ नेता तथा तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
Discussion about this post