जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा ३ को प्रतिनिधिसभाका उम्मेदवार डा. रंजित पजियारले आफ्नो जीतले युवाहरुलाई राजनीतिमा लाग्न प्रेरित गर्ने बताएका छन ।

उनले जनताको आधारभूत आवश्यक्ता सहज रुपमा पूरा होस भन्ने उद्देश्यका साथ उम्मेदवारी दिएका छन् ।

मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको समयमा जनताको आधारभूत आवश्यक्ता पनि पूर्ती हुन नसकेकाले चुनावी मैदानमा उतरिनु परेको बताए ।
उम्मेदवार पंजियारले सबै दलका नेता कार्यकर्ताहरुलाई मतदाताले परिक्षण गरिसकेकाले यस पटक आफूलाई यहाँका मतदाताले अवसर दिने विश्वास व्यक्त गरे ।

मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनिय रहेको समयमा यसमा सुधार ल्याउने हाम्रो प्रमुख लक्ष्य रहेको उनको भनाई थियो ।
यस मधेश प्रदेशमा स्वास्थ्य सेवाको खस्कदो अवस्थालाई देखेर नै आफू चिन्तित भएको र त्यसमा सुधार ल्याउने उद्देश्यले राजनीतिमा लाग्ने निणर्य गरेको स्पष्ट गरे ।

प्रदेशमा स्वास्थ्यको स्थिति जर्जर छ नै त्यसमाथि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा राजनीतिको अखाडा बनेकोमा आक्रोश पोखे ।

उनले आफू निर्वाचित भए स्वास्थ्य संस्थामा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि समेत प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, रोजगारी नपाएर युवाहरु हातमुख जोर्नकै लागि वैदेशिक रोजगारीका लागि पलायन भइरहेका छन् र शिक्षाको अवस्था कमजोर नै छ, महिला सशक्तिकरणका लागि खासै पहल भएको छैन यी यावत समस्याहरु समाधान गर्ने हाम्रो दलको प्रमुख लक्ष्य रहेको उम्मेदवार पजियारले बताए ।