राजविराज, ०१ कार्तिक ।
सप्तरीको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार मोहम्मद कासिम र प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार अनिरुद्ध सिंह यादवलाई जिताउन मंगलवार एक कार्यक्रमको बीच प्रचारप्रसार समिति गठन गरिएको छ। क्षेत्र न. ४ ख स्तरीय एवं बोदेबरसाईन नगरपालिका स्तरीय प्रचारप्रसार समिति गठन बोदे बर्साईन नगरपालिकाको स्वतन्त्र नगर समितिका अध्यक्ष अरुण कुमार यादवको प्रमुख अतिथि भएको थिए । कार्यक्रमको प्रमुख अतिथि स्वतन्त्र प्रतिनिधि सभा सदस्यका उमेदवार मोहम्मद कासिम रहेको थियो । अरुण कुमार यादवको अध्यक्षतामा बसेको बैठक द्वारा २७१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको थियो। बोदे बर्साईन नगरभरीमा २७१ जनाको प्रचारप्रसार समिति गठन गरिएको छ। क्षेत्र न. ४ ख का लागि प्रचारप्रसार समितिको संयोजक अनिल प्रसाद सिंह रहेको थियो ।
यसरी नै बोदे बर्साईन नगरपालिकाका प्रत्येक वडामा नगर संयोजक सहित महिला सदस्य तथा सदस्य गठन गरिएको छ ।
बोदे बर्साईन नगर प्रचारप्रसार समितिमा वडा नं. १ का वडा संयोजकमा रामअशिष यादव, वडा नं. २ मा मनोज कुमार यादव, वडा नं. ३ मा दशरथ मंडल, वडा नं. ४ मा विजय कुमार चौधरी, वडा नं. ५ मा मो. अनवारुल , वडा नं.६ राम कुमार साह, वडा नं. ७ मा मनोज कुमार यादव, वडा नं. ८ मा धर्मनाथ यादव, वडा नं. ९ मा कामेश्वर यादव, वडा नं. १० मा संतोष कुमार यादव(मन्टु) वडा संयोजक रहेका छन् ।
प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उमेदवार मोहम्मद कासिम को कल छप र प्रदेश सभा सदस्यको स्वतन्त्र उमेदवार अनिरुद्ध प्रसाद सिंहको चुनाव चिन्ह लालटेन छाप रहेको बताएको छ । सयौं स्वतन्त्र नेताकार्यकर्ता कार्यक्रममा उपस्थिति रहेको थियो।
Discussion about this post