जनकपुरधाम । मूलभूत रूपमा म पत्रकारिता नै गर्छु । जनकपुरमा कलेज सकेपछि सिरहा फर्कँदा मैले पत्रकारिताका आधारभूत कुरा सिकेर आएँ र जिल्लाको मिर्चेयाबाट विभिन्न सञ्चारमाध्यमहरूका लागि समाचार सम्प्रेषण गर्ने काम थालेँ । ०५० दशकको कुरो हो । स्पेस टाइम्स भन्ने राष्ट्रिय दैनिक थियो । म जनकपुरमै रहँदा आबद्ध भइसकेको । त्यहाँ म फोटा पठाउँथेँ । अहिलेजस्तो डिजिटल क्यामरा सजिलै उपलब्ध थिएनन् । रिल लोड गरेर जापानिज क्यामराबाट क्लिक क्लिक गर्नुपर्ने जमाना । अनि रिल धुलाउने बेला । ती तस्बिर अखबारमा छाप्ने प्रविधिबारे अझै अनविज्ञ छु ।
म एउटा खेतीहर मजदुरहरूको दलित बस्तीमा पुगेको थिएँ । पराले ससाना झपडी भएका ठाउँ । भुइँभरि ओढ्नेओछ्याउने असरल्ल थिए । छाक टार्न धौधौे पर्नेहरूको समथर फाँटका ओडारझैं ती खोपामा केही थान टिनका भाँडाकुँडा पनि थिए । तर, मलाई त्यहाँको एउटा दृश्यले तान्यो । एउटा बालख सुस्तरी बामे सर्दै केही पर्तिर बसेकी आमातिर वामे सर्दै थिए । आमाचाहिँको हातमा टिनको थाल थियो । थालमा सुख्खा भात थियो । मैले क्लिक गरेँ । त्यो बालक थालअगाडि थिहिरिँदै थालबाट भात खान खोजे ।
स्पेसटाइमले यो तस्बिरलाई उच्च महत्वका साथ प्रकाशित गर्यो । भोकले सुकेनास हुँदै गएको एउटा बालकको तस्बिर धेरै समयसम्म चर्चामा रह्यो । यो एउटा कारुणिक र हृदयविदारक तस्बिर थियो । कहालीलाग्दो गरीबीबाट उत्पन्न खाद्य असुरक्षाको यथार्थ चित्र । अहिले जसपा नेपालका नेता शैलेन्द्रप्रसाद साह उतिबेला जनकपुरमै विद्यार्थी राजनीति र पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । मलाई लाग्छ, मैले त्यस तस्बिरबारे उहाँसँग पनि कुरा गरेको हुनुपर्छ ।
मन्त्री शैलेन्द्रले भनेको सम्झिन्छु, ‘केन्द्र सरकारका काम कागजमा मात्र देखिए ।गोठखेतमा सरकारको उपस्थिति देखिएन ।’ उहाँले मातहतका अधिकारीहरूलाई गोठखेत केन्द्रित कार्यक्रम बनाउन निर्देशन दिनुभयो । अनि आफैँ पनि खेत, बगर, गोठ, बजारसम्म पुगे । किसानका कुरा सुन्नुभयो अनि तिनलाई सरकारी योजनामार्फत सम्बोधन गर्ने प्रयास गर्नुभयो ।
केही दशकपछि शैलेन्द्रजी मधेस प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभयो । खाद्य सुरक्षाका सबाल बहुखायामिक र बहुक्षेत्रीय सम्बोधनका विषय हुन् । तर, यसमा कृषि फाँटको योगदान धेरै नै बढी हुन्छ । मैले उहाँलाई ५० दशकको त्यो चर्चित तस्बिरबारे सम्झाएँ । उहाँले सम्झिनु पनि भयो । र, त्यसलगत्तै एउटा गाउँ पुग्दा एउटा सानो बालकसँग उहाँको तस्बिर सामाजिक सञ्जालमा देखेँ । मलाई लाग्यो, बालकवृद्धसँग तस्बिर खिँचाउने नेताहरूको सामान्य बानी हुँदोरैछ । त्यसकै प्रतिफल त्यो फोटो होला ।
सप्तरीको २ (क) का जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार शैलेन्द्रप्रसाद साह ।
केही दिनपछि मेरो भेट शैलेन्द्रजीसँग भयो । मैले उहाँसँग त्यस फोटोका बारेमा जिज्ञासा राखेँ । उहाँले भन्नुभयो, ‘यो मेरो निर्वाचनक्षेत्रमा पर्ने तोपाको एउटा बस्तीमा खिँचिएको फोटो हो । अब कृषिसम्बन्धी कुनै योजना बनाउँदा र कार्यान्वयन गरिँदा यो दुधेबालकको भविष्यलाई केन्द्रमा राखेर गर्नुपर्छ भन्ने अन्तरमनको बुझाइले मैले केहीबेर त्यो बच्चासँग बिताएँ । त्यति बेला नै त्यो तस्बिर खिँचिएको हो ।’
सुरुवात कहाँबाट गर्ने ? यो प्रश्न अत्यन्त जटिल छ । गर्भधारण गर्दै एउटा भ्रुणको भविष्य खोजी हुन्छ । जन्मपछि भविष्य सुनिश्चित हुने सङ्घर्ष नै महत्वपूर्ण हुन्छ । त्यसैले सुनौलो भविष्य दिन आरम्भ कहाँबाट गर्ने भन्ने विषयमा सधैँको अन्योल छ ।
तर, आरम्भ त कतैबाट गर्नैपर्ने हुन्छ । देशलाई वर्षौंदेखि कृषिप्रधान भनियो । तराईमधेस त कृषिकर्मको आधारक्षेत्र नै हो । तर, खेतीकिसानी गर्नेलाई सरकारले प्रोत्साहित गर्ने वृहत्, एकीकृत र आवश्यकतापरक योजना कहिल्यै ल्याएनन् । केही दुरगामी प्रभावका योजना बनाइए पनि तिनका कार्यान्वन्यन नै भएनन् कि त कागजमा मात्र भए । प्रादेशिक संरचनापछि प्रदेश सरकारका लागि सबैभन्दा ठूलो चुनौती नै कृषिक्षेत्रको विकास भयो ।
मन्त्री शैलेन्द्रले भनेको सम्झिन्छु, ‘केन्द्र सरकारका काम कागजमा मात्र देखिए । गोठखेतमा सरकारको उपस्थिति देखिएन ।’ उहाँले मातहतका अधिकारीहरूलाई गोठखेत केन्द्रित कार्यक्रम बनाउन निर्देशन दिनुभयो । अनि आफैँ पनि खेत, बगर, गोठ, बजारसम्म पुगे । किसानका कुरा सुन्नुभयो अनि तिनलाई सरकारी योजनामार्फत सम्बोधन गर्ने प्रयास गर्नुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीबाट अर्थ मन्त्रालयमा पुगेपछि शैलेन्द्रजीले एउटा सार्वजनिक वक्तव्यमा भन्नुभयो, ‘सरकारले दिने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नदिनेहरूको एउटा परम्परागत जालो छ । जसले सबै तन्त्रलाई आफ्नो प्रभावमा पारेको छ । यसलाई भत्काउने काम निकै मुश्किल छ तर मैले कम जनशक्ति र न्यून साधनस्रोतका बाबजुद पनि गरेँ । तर, यो पर्याप्त होइन । यसमा अझै प्रयास गर्नुपर्नेछ ।’
मन्त्री शैलेन्द्रजीको यो स्वीकारोक्ति कर्मचारी, बिचौलिया र नक्कली किसान तथा अनुदानसम्बन्धी सरकारी व्यवस्थाका पेचहरूका बारेमा थिए । हामीकहाँ वास्तविक किसानको ध्यान खेतगोठमै हुन्छ । तर, नक्कली किसानहरू भने दुरुस्त पारिएका कागज लिएर अनुदानदाता संस्था र संयन्त्रमा धाउँदै बिताउँछन् । यसमा कर्मचारीको मिलेमतो पनि हुन्छ ।
शैलेन्द्रजीले अनुदान सही किसानकै हातमा पुगोस् भनेर सूचनासम्बन्धी परिपाटिमा सुधार गराउनुभयो । पहिलो, सबै सूचना मन्त्रालय र सम्बन्धित कार्यालयका वेभसाइटमा राख्न लगाउने, दोस्रो मन्त्रालय र सम्बन्धित कार्यालयहरू मात्र नभएर पालिकालगायत जनसरोकारका अन्य कार्यालयमा समेत सूचना टाँस गर्न लगाउने तथा दोस्रो आमसञ्चारका माध्यमबाट समेत सूचना प्रवाहीकरण गर्न लगाउने । अझ् उहाँ प्रायःजसो कार्यक्रममा आफैंले पनि सरकारका योजनाका बारेमा जानकारी दिने काम गर्नुभयो । जसले गर्दा नक्कली किसानको बिगबिगि त सकिएन । तर, सक्कली किसान भने सचेत भए ।
खेतीकिसानी गर्ने हाम्रो परम्परागत सहभागिताका आधार अझै व्यवहारिक नै छ । कानुनी आधार कमजोर भएको । त्यसैले किसानहरूलाई वर्गीकरण गर्न हम्मे पर्ने । भूस्वामित्वबापतको हक, अधियाँबटियाँ गर्ने, मनखप लिनेदिनेजस्ता वर्गीकरण अहिलेसम्म पारस्परिक विश्वास र साझेदारीले तय हुँदै आएको छ । जसले गर्दा जोत्ने अर्थात् उब्जनी गर्ने किसानको पहिचान गरी तिनलाई सरकारी सहुलियत दिने काम कठिन छ । तर, मन्त्री साहकै पालामा किसानको वर्गीकरण गर्ने काम र तिनलाई सरकारी अनुदान दिने व्यवस्था मिलाउन काम अघि बढ्यो । यसले मूर्त रूप लियो भने सरकारी सहुलियतमा नक्कली किसान र बिचौलियाको धङधङ्गी सकिनेछ ।
अर्को कुरा किसानले लगानीको उचित प्रतिफल पाउन सकेका छैनन् । यस विषयमा पनि शैलेन्द्रजीको चिन्ता रह्यो । उहाँले कृषिक्षेत्रमा आमूलचुल सुधार वा मूलभूत कुरामा परिवर्तन ल्याउन कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, औद्यौगीकीकरण र विविधिकरणका पक्षमा काम गर्ने प्रयत्न गर्नुभयो । कृषिमा आत्मनिर्भरता, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि यो आवश्यक थियो । उहाँले विज्ञ टोली नै बनाई मधेस प्रदेशमा श्रम, पूँजी संगठन परिचालन गरेर कृषिमा आधारित उद्योगहरू सञ्चालनमा ल्याउने भविष्यगामी योजनाको आधार तय गर्नुभयो ।
प्रमुख खाद्यान्न बालीहरू धान, गहुँ, मकै आदिको उत्पादन, रासायनिक मल विस्थापन र जैविक मल प्रवद्र्धनबाट जमिनको उत्पादकत्व बढोत्तरी, उन्नत गाईभैंसीबाट दुध उत्पादन, माछा उत्पादन गर्न पोखरी निर्माण, लेयर्स कुखुरा, हाँस, टर्की, बट्टाई, लौकाट, इमु, शुतुर मुर्ग आदि पालन गरी अण्डा उत्पादन, तोरी, सस्र्यु, रायो, तिल, आलस, बदाम, सूर्यमुखी आदि उत्पादन, पशुपालन गरिएका स्थानमा गोठेमल र कम्पोस्ट मल, अन्य ठाउँमा हरियो मल र गडेयौला मल उत्पादन, केरा, मेवा, आँप, कटहर, भुँइकटहर, लिची, ड्राइगन फ्रुट, स्ट्रबेरी, अनार, अङ्गुर, आरु, आरुवखडा, कागती, भुजा, खरबुजा आदि फलफूल उत्पादन, बाख्रा पालन, पाडापालन, बङ्गुर पालन र ब्रोइलर कुखुरा पालन तथा गोलभेँडा खेती गरी मासु र गोलभेँडा उत्पादन र आलु खेती प्रवद्र्धनमा किसानले सरकारी जनशक्ति तथा साधनस्रोत पाउनुपर्ने भन्दै मन्त्री साहले एग्रेसिभ भएर काम गर्नुभयो ।
फलस्वरूप बिऊबिजन, जैविक मलको उपलब्धता, सिँचाइ तथा कृषि उत्पादनको बजार व्यवस्थापन, भण्डारण केन्द्रको निर्माण, बजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण आदिमा प्रदेश सरकारको लगानी सुनिश्चित गर्नुभयो । यसका अतिरिक्त कोरोनाकालमा समस्यामा परेका किसानलाई बैंक ब्याज मिनाहाजस्ता काम आरम्भ गरेर सरकार कल्याणकारी रहेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
यसले गर्दा आज प्रदेशमा कृषिक्षेत्रको कायापलट हुने एउटा आधार तयार भएको छ । त्यसैले पनि जनताले अनाहक राजनीतिभन्दा पनि विषयकेन्द्रित काम गर्ने शैलेन्द्रप्रसाह साहलाई जिताउलान् भन्ने मेरो धारणा छ । प्रशाेधक बाट
Discussion about this post