जनकपुरधाम । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आन्तरिक स्रोत साधनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले सरोकारबलाहरु संग सहकार्य गरिरहेको अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिएका छन ।
सोसाइटी अफ ट्राभल एण्ड टुरिज्म अपरेटर्स नेपाल(सोटो)का पदाधिकारीहरुको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भएको जनकपुरधाम अवलोकन भ्रमणको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष महासेठले जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् लगायतका सारोकारबलाहरु संग सहकार्य भएको छ ।
जनकपुरधाममा आउने पर्यटकहरुले औल्याएको कमिकमजोरीहरुलाई हटाइ पर्यटन प्रवद्र्धन गर्न लागेको बताएका छन् ।
जनकपुरधाममा हुने पर्वहरु मध्ये परिक्रमा बासालाई पर्यटकीय रुपमा विस्तार गरे यहाँ आउने पर्यटकहरुलाई रोक्न सकिने व्यवस्थ गर्नुपर्छ, परिक्रमा बासा पर्ने पालिकाका प्रमुखहरुको एउटा फोरम तयार गर्न लागेको बताइएको छ ।
सो कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष सीतल साहले विवाहपञ्चमीका दिन देखि दैनिक साँझ एक घण्टा लाइटिङ शो गर्न लगेको बताउदै यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
सोटोका अध्यक्ष नारायण पराजुलीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न ठाउँका मेयरहरुलाई जनकपुरधाममा बोलाउदा पनि यहाँको पर्यटन व्यवसायमा बृद्धि हुने तर्क दिए ।
छठ पर्वको अवसरका जनकपुरधामको अवलोकन गर्न आएका सोटोका पदाधिकारीहरुलाई संघका पूर्व अध्यक्ष निर्मल चौधरीले स्वागत गर्दै आन्तरिक पर्यटन विकासले आर्थिक समृद्धि हुने बताएका छन् । अगामी दिनमा पनि सोटोका पदाधिकारीहरुले स-परिवार जनकपुरधाम आउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साहले आग्रह गरे ।
जनकपुर अवलोकन भ्रमणमा आएका सोटोका टोलीलाई यहाँको छठ पर्वको अलोकनका साथै गंगा आरतीमासमेत सहभागी गराइएको थियो ।
Discussion about this post