जनकपुरधाम । महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य सरत सिंह भण्डारीले चुनावी घरदौलो कार्यक्रमलाई तीव्र बनाएका छन् । उनले बिहीवार निर्वाचन क्षेत्र नम्वर २ को डाम्ही मडैमा घरदौलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदौलोको क्रममा उनले आगामी निर्वाचनमा गरेको बाचा पुरा गरे तर, मधेशीहरुको मुल समस्या समाधान गराउन नसकेको प्रति दुःख व्यक्त गरेका थिए ।
उनले नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको प्रति दुःख व्यक्त गर्दै नेकपा एमालेको बाधाअडचनका कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको आरोप लगाएका थिए ।
भण्डारीले आफूले विगत देखी मधेश मुद्दामा स्पष्ट रहेको बताउँदै आगामी दिनमा मधेशका मुद्दाहरुलाई स्थापित गराउनकालागि प्रतिवद्ध रहेको बताएका थिए । जनताको धेरै आशा र अपेक्षा सवै पुरा गर्न नसकिएपनि गत निर्वाचनमा गरेको बाचाहरु मध्ये नागरिकता विधेयक प्रमाणीकरण मात्रै रोकिएको बताएका थिए ।
मधेश प्रति वक्रदृष्टि राखेकाहरुले मधेशलाई आफ्नो रैथाने बुझ्नेहरुको मानसिकता अहिले पनि परिवर्तन नभएको भन्दै उनले आगामी दिनमा मधेशका मुद्दाहरु स्थापित हुँदै जाने र नागरिकता विधेयक पारित भएपछि आफूहरुको जित हुने उनले बताए ।
यहाँबाट विजयी भएर गएपनि नागरिकता विधेयक प्रमाणीकरण नहुनु आफूहरुको हार रहेको उनले स्वीकारे । नागरिकता विधेयक प्रमाणीकरण गराएपछि मात्रै लोकतान्त्रिक समाजवादी पार्टीको सही जित हुने उनले दावी गरे ।
मधेश प्रदेशवाट नेकपा एमाले जस्तो संघीयता विरोधी र मधेश विरोधी पार्टीलाई जिताएर मधेशका जनता आफ्नै खुट्टामा आफै बञ्चरो प्रहार गर्ने गरेको उनले बताए ।
Discussion about this post