नरेशचन्द्र बरबरिया,
जनकपुरधाम । कमला बचाउ अभियानको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ ।
शहीदनगर नगरपालिका स्थित रामघाट कमला किनारमा आयोजना गरिएको कार्यक्रममा कमला आरतीका साथै पुजन गरेर चौथो वार्षिकोत्सव मनाइएको छ ।
मंगलवार अग्निकुण्ड मन्दिरका महन्थ नवल किशोर शरणको प्रमुख आतिथ्यमा कमला आरती तथा अभियानको स्मारिका २०७९ विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा महन्थ नवलकिशोर शरणले कमला स्नान गर्ने शुभ दिनमा बलि प्रदान गर्नु दुखद रहेको बताउँदै यस किसिमको प्रथालाई बढावा दिन नहुने बताए । उनले कमलाको महिमाको विषयमा समेत प्रकाश पारेका थिए ।
कार्यक्रममा कमला वचाउ अभियानका अध्यक्ष विक्रम यादवले कमला धार हिन्दूहरुको आस्थाको केन्द्र मात्रै नरही मधेश र मधेशी किसानको लागि आशाको दियो समेत रहेकोले कमला वचाउका लागि सबैले आ- आफनोतर्फबाट पहल गर्नुपर्ने बताए ।
कार्तिक पूर्णिमा कमला स्नानका दिन अभियानले सम्पन्न गरेको चौथो वार्षिकोत्सवमा जनकपुरधामका समाजसेवी प्रभु दयाल जलान,शहीदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरियालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post