जनकपुरधाम । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा एमाले बलियो देखिन्छन ।
सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार रघुवीर महासेठ निवर्तमान सांसद छन् ।
दुई मध्ये एकले चुनावमा बाजी मार्ने भन्ने पक्का जस्तै छ । मतदानको मिति नजिकिने क्रमसँगै प्रतिस्पर्धात्मक उम्मेदवारहरुको संख्यात्मक दायरा साँघुरो हुन थालेको छ ।
अहिले प्रतिनिधिसभाका लागि सोझो प्रतिस्पर्धा यादव र महासेठबीच नै देखिएको स्थानीय बासिन्दाहरुको अनुमान छ ।
एमाले नेता महासेठ अगाडि देखिएको उनका समर्थकहरुको दाबी छ । चुनावी प्रचारमा जुटेकानन्द कुमार मंडलले भने, महासेठको स्थिति बहुत बलियो छ ।
एमालेको अवस्था बलियो रहेको मंडलको दाबी छ । स्थानीय बासिन्दाहरु दुबैबीचको प्रतिस्पर्धा कडा रहेको बताउँछन् । महासेठ र यादवबीचको जितहारको निणर्ायक हर्न स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतो छन् ।
कैची छापले काट्ने मत एमाले जसपा गठबन्धनको बढी रहेकाले महतोले ल्याउने मत नतिजालाई उलटफेर गर्न सक्ने स्थानीय बताउँछन् ।
निर्वाचनमा पर्ने सबै टोल सम्म प्रचारप्रसार पुर्याएका महासेठले बुद्धिजीबी, व्यवसायी, पेशाकर्मी, मजदुर, किसानहरु आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् ।
Discussion about this post