काठमाडौँ : भर्खरै सम्पन्न निर्वाचनबाट उदाएको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
डा. राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जनाएका छन् ।
उनका अनुुार प्रधानमन्त्री देउवा र राउतबीचको भेट सकारात्मक र परिणाममूलक भएको छन् । जस अनुुसार उनीहरुबीच डा. राउत गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको निधिको भनाइ छ ।
उनले ट्वीटरमा भनेका छन्, ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सिके राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासंग बालुवाटारमा भेट गराएर फर्कदै छु । दुवैजनामा सकारात्मक र परिणाममूलक वार्ता भएको छ। गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’
पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत नआएकाले सरकार बनाउन कठिन भएसँगै सत्तारुढ दलहरु विशेष गरी काँग्रेसले गठबन्धनबाहिरका अन्य साना दलसँग सहकार्य गर्न दौडधसप बढाएको छ । डा. राउत सहकार्य गर्न सहमत भएसँगै गठबन्धनलाई केही राहत भएको छ ।
डा. राउतले सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै पहिलो प्रयासदै संघीय संसदमा निर्वाचित भएका थिए । डा. राउतको पार्टीले समानुपातिकतर्फ पनि ३ प्रसितशतको थ्रेसहोल्ड कटाइसकेकाले राष्ट्रिय पार्टी बन्ने पक्का भएको छ । उनले संघीय संसदमा कम्तीमा ४ सांसदको नेतृत्व गर्नेछन् ।
Discussion about this post