एक वर्षभन्दा अधिक फरार रहेका विश्वनाथ यादव अहिले शहिदनगर नगरपालिकाको शिक्षा प्रमुख पदमा कार्यरत रहेका छन् ।
जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा सफाइ दिए पनि उच्च अदालत जनकपुरले उनले सफाइ पाउनुपर्ने आधार नदेखिएको भन्दै मुद्दा पुनः खोलिएको हो ।
बालाबाखर कुम्भकरणस्थित रहेको प्राथमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) समेत रहेका यादवमाथि नेपाल सरकार बादी बन्दै पुनरावेदन गरेको थियो ।
एक वर्षभन्दा अधिक समयदेखि फरार भएका शिक्षा प्रमुख यादव अदालतले सफाइ दिएपछि मात्र उनी घर फर्केका थिए ।
नियम कानुनले नागरिकता पाउन नहुने नागरिकलाई बनाएको, भारतीय नागरिकलाई नागरिकताको रेकर्ड किर्ते गरी कायम गरेको आरोपसहित उनीमाथि मुद्दा दायर भएको थियो ।
Discussion about this post