Unicode English
MadheshTop
Search
MadheshTop
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
  • Search

अघि बढ्दैछ तीनकुनेको पुल निर्माण
Author Avatar मधेशटप २०७९ पुष १, शुक्रबार १६:३०

काठमाडौं । लामो समयसम्म रोकिएकोे तीकानकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ । साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।” निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ । बिजुलीबजारको पुलजस्तै यहाँको पुल आधुनिक प्रविधि ‘आर्क एन्ड ब्रिज’ निर्माण गर्न लागिएको हो ।

पहिलोपटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनः यो वर्ष नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सक्ने गरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार छ ।

यसअघि सो पुल निर्माणको काम पप्पु कन्स्ट्रक्सनले गरेको थियो । पहिले भएको काममध्ये दुवैतिरको पुलको केही भाग रहे पनि अधिकांश काम लागेको छैन । सरकारले दुई वर्ष पहिले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । नयाँ निर्माणका लागि कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लाग्यो । ठेक्का तोडेपछि निर्माण कम्पनी अदालत गयो ।

अदालतको अन्तरिम आदेशका आधारमा तत्काल नयाँ ठेक्का हुन सकेको थिएन । सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिले बनेर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो ।

लामो समय व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल उल्टै बनिसकेका संरचनासमेत भत्काएर नयाँ निर्माण गरिएको छ । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागेपनि अहिले त्यो समस्या हटिसकेको छ । निर्माण कम्पनीले काम सरासर गर्दा तोकिएको अवधिमा गर्नसक्ने प्रवक्ता जोशीले बताउनुभयो ।

प्रतिनिसिभाअन्तर्गत विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो ।

यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहरको सुन्दरता बढाउन भन्दै ‘आर्क एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो ।

मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेर त्यहाँको सडक व्यवस्थापन सजिलो भएको छ । अरू सामान्य पुलमा तल्लो भागमा भएपनि यसमा भार माथिल्लो भागमा पर्नेछ ।

अरू पुलको तुलनामा यसको अवधि लामो हुने जनाइएको छ । काठमाडौँ उपत्यकाको सवारी चाप बढिरहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । त्यतिबेला सडक मात्रै विस्तार भएकामा अहिले काठमाडौँका धोबीखोला र वाग्मती खोला पुलसँगै भक्तपुरमा पुल विस्तार अघि बढाइएको छ ।


टिप्पणी दिनुहोस्
ADVERTISEMENT
धेरै पढिएको
  • १

    बाराको कलैया हत्या प्रकरणमा एक जना पक्राउ

  • २

    अस्पतालमा शय्या र अक्सिजनको अभाव

    अस्पतालमा शय्या र अक्सिजनको अभाव
  • ३

    सामाजिक कुरीति हटाउँदै डा. यादबले गरे आदर्श विवाह

  • ४

    सिके राउतका कार्यकर्ताले धनुषामा प्रधानाध्यापकलाई चपलैचपलले पिटे

  • ५

    लक्ष्मीनियाँमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु

  • ६

    ६ वर्षसम्म सन्तान नभएपछि देवरसँग सुत्न दबाब दिन्थे श्रीमान्, एकदिन अचानक….

ADVERTISEMENT

सम्बन्धित समाचार

एमबीबीएस पढ्न पूर्ण छात्रवृतिमा नाम निकालेपछि दासको चौतर्फी सहयोग

एमबीबीएस पढ्न पूर्ण छात्रवृतिमा नाम निकालेपछि दासको चौतर्फी चर्चा

धनुषा : लेनदेन मुद्दामा एक महिलालाई पक्राउ

जनकपुरधाममा बजार अनुगमन अभियान सक्रिय

जनकपुरधाममा दूधको शुद्धता सुनिश्चित गर्न बजार अनुगमन

प्रादेशिक अस्पताल जलेश्वरमा जेनजीले गरे परिवर्तनको वृक्षारोपण

समाजवादी युवा संघ नेपालको नयाँ केन्द्रीय तदर्थ समिति घोषणा, सौरव शर्मा सचिवमा मनोनित

मधेशमा सात दलको आन्दोलन

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

खोज्नुहोस् गर्नुहोस्

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५४०/२०७७/७८

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा
समाचार संयोजक : राजन झा
न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया
सप्तरी : उमेश कुमार  साह
महोत्तरी : रञ्जन भण्डारी
बारा/पर्सा : पवन प्रसाद साह

© 2020-2026 MadheshTop | All Rights Reserved | Privacy Policy

Developed by: Samay Drishti Logo