काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको जनाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलरडिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।

आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ ।