बोदे बर्साईन : उमेश कुमार साह ।आज देखी मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ ।
हुस्सु र शीतलहरले सप्तरीको बोदे बर्साईन नगरपालिकाका सहित मधेश प्रदेशमा चिसो बढेका छन। चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ ।
शत्रुध्न हस्पिटल र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको अस्पताल बोदे बर्साईनमा कार्यरत चिकित्सक डा अरबिन्द्र यादवले बताए ।
उपचारका लागि चिसो कारण स्वास प्रस्वासमा समस्या भएका, हाड जोर्नी दुख्ने, रुघाखोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए । निजी क्लिनिकहरुमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ ।
चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले खानपिन बढी, तौल बढने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या बढी हुने उनले बताए ।
Discussion about this post