जनकपुरधाम । जनकपुरधामसहित तराई मधेशमा जाडो अत्याधिक बढेपछि व्यापार संघको अगुवाइमा चाेक–चाेकमा दाउरा वितरण गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा जनकपुरधामको विभिन्न ६ स्थानमा जाडो छल्न दाउरा वितरण गरिएको छ।
उद्योग वाणिज्यसंगै जनकपुरधाम उपमहानगरपालिका, सुरक्षा निकायले दाउरोको व्यवस्थापन गरेको छ।
उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले अहिले जनकपुरधामको ६ स्थानमा दाउरा बाल्ने व्यवस्थापन मिलाएको बताए । सडक खराब नहुनेगरी आगो बाल्नका लागि व्यवस्था मिलाइएको उनले बताए ।
Discussion about this post