राजविराज । मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता विरोधी शक्तिहरुको उदयले संघीय शासन प्रणालीमा चुनौती थपिएको बताएका छन् ।
शुक्रवार पत्रकार महासंघ शाखा सप्तरीको नवनिर्मित दुई तल्ले अतिथि गृह भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका छन् ।
उनले संघीयता विरोधी केही शक्तिको चलखेलसमेत बढ्न थालेकोले सुझबुझ पूणर् तरिकाले संघीयताको कार्यान्वयनका लागि सचेत हुनु आवश्यक रहेको धार्ना राखे ।
आफूहरु प्रदेशसभामा चुनिएर गएको बेला २ नम्बर प्रदेशले चिनिने प्रदेशलाई अहिले ॅमधेश प्रदेश’का रुपमा नामकरण गर्न सफल भएको बताउँदै उनले यो एक महत्वपूणर् उपलब्धि रहेको दाबी गरेका छन् ।
संघीयताको नयाँ अभ्यासका क्रममा आफूहरुको पालोमा लोकसेवा लगायत विभिन्न ६० वटा कानून समेत तयारी गरिएको जानकारी दिदै उनले प्रदेशमा अब बन्ने सरकारका लागि काम गर्न सहज हुने विश्वास समेत व्यक्त गरे ।
मन्त्री साहकै पहलमा मधेश प्रदेश सरकारबाट प्राप्त बजेटबाट उक्त ८ कोठे सुविधा सम्पन्न अतिथि गृह निर्माण गरिएको छ ।
सो अवसरमा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले महासंघको अतिथि गृह भवन निर्माणमा पहल र सहयोग गरेकोमा मन्त्री साहप्रति धन्यवाद व्यक्त गर्दै दोसल्ला ओढाएर उनलाई सम्मान गरेका थिए ।
Discussion about this post