महाेत्तरी  । पिपरा गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय खैरबाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतिले राहुल कुमार पाण्डेयलाई चयन भएका छन् ।

शुक्रबार विद्यालय परिसरमै आयोजित अभिभावक तथा सरोकारवालाहरुको एक भेलाले समितिको सदस्यहरुमा प्रेम कुमार यादव,निमुर्दा पासमान,रीता राय राउत,मिथिला मण्डल(बुद्धिजीवि) तथा राधिका देवी मण्डल (शिक्षा प्रेमी)लाई चयन गरेको छ ।

भेलामा पिपरा गाँउपालिकाका अध्यक्ष राम जानकी यादव ,उपाध्यक्ष बन्दना कुमारी पाण्डेय,शिक्षा शाखाका प्रमुख राजकिशोर झा,लोकतान्त्रिक समाजवादी पार्टीका नेता अमित कुमार पाण्डेय तथा चार सय भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।

कक्षा १२ सम्मको अध्ययन हुने सो विद्यालयमा विभिन्न १५ गाउँका १ हजार ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।