२३ पुष : सप्तरी : उमेश कुमार साह
सुरुङ्गा नगरपालिका वडा नम्बर ७ हरिपुर हुँदै वडा नम्बर ९ प्रमाणपुरको बीचमा बग्ने सुरुङ्गा नदीको कटान नियन्त्रणका लागि प्रदेश सभा सदस्य माननीय अनिरुद्व सिंह यादवको अनुगमन टोलिले निरीक्षण गरिएको छ । नदी कटानको बर्तमान अवस्थाबारे जानकारी लिई त्यसलाई नियन्त्रण गर्ने उदेश्यले कटान क्षेत्रको अनुगमन गरेको यादवले बताए ।
शनिबार संयुक्त अनुगमन टोलीले सुरुङ्गा नगरपालिकापालिकाको वडा नम्बर ९ को टिकुलियाको दनरी नदि , प्रमाणपुरको सुरुङ्गा नदि लगायत कटान क्षेत्रको अनुगमन गरेको हो । अनुगमनबाट नदी नियन्त्रणको आवश्यकता पहिचान गर्ने र सोही अनुरुप दिर्घकालिन तथा अल्पकालिन योजना निर्माण गरी अघि बढ्ने प्रदेश सभा सदस्य अनिरुद्व सिंह यादवले जनाएको छ ।
सुरुङ्गा नदिको कटानले बर्षेनी खेतीयोग्य जमिन बगाउने तथा बस्ती र सडकहरु समेत बिस्थापित गर्ने गरेकाले आफुहरु त्रसित अवस्थामा रहेको स्थानीयहरु बताउछन । कटान नियन्त्रण गरी समस्या समाधानका लागि स्थानीयहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन ।
Discussion about this post