- पुनम शर्मा
जनकपुरधाम । आस्था बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार आयोजित एक समारोहबीच संघका अध्यक्ष गोपाल प्रसाद गुरुङ्गको सक्रियतामा साधारणसभा सम्पन्न भएको छ ।
समारोहमा अध्यक्ष गुरुंगले सस्थाले हरेक वर्ष वित्तीय आंकडालाई गतिलो बनाउदै आइरहेको बताए । संस्थाको दैनिक व्यवस्थापनले खेलेको भूमिकाको प्रशंसा गर्दै सदस्यहरुमा थप विश्वासकासाथ दैनिक कारोवार आस्था वचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग गर्न उनले आग्रह गरेका छन् ।
संस्थाले जनकपुरधाम उपमहानगरपालिका तपसी चोकमा नुरी क्रब्रिस्तानको छेउमा आफ्नो भवन निर्माणका लागि ०-१-८ क्षेत्रफल भएको जग्गा खरिद गरिसकेको जानकारी दिँदै आ.व. २०७९र ० मा भवनको शिलान्यास गर्ने जमर्को गरिसकेको अध्यक्ष गुरुंगले बताए ।
संस्थामा ९ हजार ७ सय ३२ महिला सदस्य तथा १० हजार १ सय २ पुरुष गरी जम्मा १९ हजार ८ सय ६० शेयर सदस्य रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको विशेष उपस्थितिमा भएको समारोहमा संस्थाका संचालक समिति शेष हसन , संघका प्रमुख कार्यकारी अधिकृत नविन कुमार कर्ण ,राष्ट्रिय सहकारी बैंक धनुषाका प्रवन्धक विष्णु पराजुलीसहितको सहभागिता रहेको थियो ।
Discussion about this post