जनकपुरधाम । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष नन्दकिशोर यादवले आर्थिक वर्ष २०७८/०७९ सालमा गरेका कार्य प्रगति तथा आ.व. २०७९/०८० का लागि संस्थाको नीति तथा योजना प्रस्तुत गरेका थिए भने आ.व.२०७९/०८० को अनुमानित आय—व्यय प्रस्तुत गरेका थिए ।
सभामा व्यवस्थापक हरिलाल महतोले संस्थाको आ.व.२०७८/२०७९को आय-व्यय विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरेको आय व्यय विवरण अनुसार गत आर्थिक वर्षमा २ करोड ३४लाख ३१ हजार ९ सय १२ रुपैयाँ ऋण लगानी गरेको थियो ।
यस्तै,चालु आर्थिक वर्ष २०७९ मंसिर २९ गतेसम्ममा संस्थाले ७८लाख ७८हजार २सय रुपैया ऋण लगानी गरेको छ ।
यस्तै,गत आर्थिक वर्षमा ३ करोड ३४ लाख ८८ हजार ३ सय ९७ रुपैयाँ बचत संकलन गरेको छ भने चालु आ.व.को मंसिर २९ गते सम्ममा १ करोड ३५ लाख ७४ हजार ६ सय ५५ रुपैयाँ बचत संकलन गरेको छ र गत आर्थिक वर्षमा सेयर पुँजी ५६ लाख ४५ हजार २ सय रहेको र चालु आवको मंसिर २९ गते सम्ममा शेयर पँुजी ५६ लाख ६३ हजार २ सय रुपैया रहेको वित्तीय विवरणमा उल्लेख छ ।
त्यसैगरी,समारोहमा आ.व.२०७८/०७९ मा उत्कृष्ट बचत तथा ऋण कारोबार गरेका ४० जना सदस्यहरु लाई सम्मान गरिएको थियो ।
समारोहमा मिथिला न.पा.-७ का वडा अध्यक्ष राम बहादुर स्याङदन,कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतो,विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि , संचालक समितिका सदस्यहरु,लेखा सुपरिवेक्षण समितिका सदस्यहरु,ऋण उपसमितिका सदस्यहरु लगायत बचतकर्ता तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
Discussion about this post