२०७९ पुष २४, आईतवार
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईनबाट दुई जनालाई अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (CIB) काठमाण्डौँबाट आएको प्रहरीको टोली र ई.प्र.का.कडरबोना सप्तरीबाट प्र.नि.को कमाण्ड खटी गएको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
घरमा खानतलासी गर्दा अबैध रुपमा राखिएको श्रोत नखुलेको नेपाली रुपैया रु.५२,८९,५००/- बाउन्न लाख उनानब्बे हजार पाँच सय र मोवाईल फोन लगायतका सामानहरु खानतलासीको क्रममा फेला पारेको हुँदा उक्त नगद तथा जिन्सी सामानका साथै उक्त कारोबारमा संलग्न रहेका रामबिलास साह तेली र ऐ.बोदेबर्साइन न.पा.वडा नं ७ बस्ने बर्ष ५० को मायानन्द झा समेतलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखी आवश्यक अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए ।
बोदेबसाईन बजारमा शिवम इन्टरप्राईजेज सञ्चालन गर्दै आएका बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ सिमरहा बस्ने बर्ष ३२ को रामबिलास साह र सोही कारोबारमा संलग्न रहेका बोदेबर्साइन न.पा.वडा नं ७ बस्ने बर्ष ५० को मायानन्द झा समेतलाई प्रहरी टोलिले आवश्यक कारवाहीको लागि कडरबोना कार्यालयमा राखी आवश्यक अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए ।
साहका साथबाट ४३ लाख ८९ हजार ५ सय र झाको साथबाट ९ लाख रुपैयाँ सहित उनिहरुलाई पक्राउ गरिएको र नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यरोका प्रहरी निरिक्षक नवराज न्यौपानेले बताए । झा माँ जल्पा भगवती खरिदबिक्री केन्द्रका संचालन हुन् । पक्राउ परेका साह र झालाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी गरेको उनले जानकारी दिए ।
जल्पा भगवति बिक्री केन्द्रका संचालक झाको अनुसार आफुम निर्दोष रहेको बताए । उनले आफ्नो ९ लाख रुपैया बैद्य रहेको दावी गरे ।केही मेरो ब्याक्ती कारोबारको लागि राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर आफु कारोवार गर्दै आएको उनले बताए । धान खरिद बिक्रीका लागि बैंकबाट पैसा निकालेर आएको र यहाँको आईयमईबाट अरु ठाउँ पैसा पठाउने वखत अनुसन्धान र संयुक्त प्रहरी टोलिले आफुलाई पक्राउ गरिएको उनले दावि गरे ।
Discussion about this post