काठमाडौं । हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।
स्वाद बढाउनुका साथै धेरै पोषक तत्वले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हटाउन मद्दत गर्दछ । धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ । यति मात्र होइन, यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ ।
धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ । यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ ।
धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ । यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फाइदा हुने चिकित्सकले बताएकाछन् ।
हरियो धनियाँका फाइदाः
१. हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।
२. रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ। शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ ।
३.आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।
४. रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ ।
Discussion about this post