काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका १९ जना नेपालीलाई बन्धक बनाइएको छ ।
विगत ८ दिनदेखि उनीहरुलाई बन्धक बनाएको पाइएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै उनीहरुको उद्धार थाल्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
उनीहरुको अवस्था बुझेर तत्कालै उद्धार थाल्न निर्देशन दिइएको बताइएको छ । कामको सिलसिलामा पुगेका उनीहरुलाई त्यहाँको एक कम्पनीले बन्धक बनाएर राखेको छ ।
रौतहट घर भएका एक युवालाई त्यहाँको कम्पनीका प्रबन्धकले ५०–५० किलोको बोरा उचाल्न नसकेको भन्दै कुटपिट गरेपछि विरोध गर्ने सबैलाई बन्धक बनाइएको बताइएको छ ।
Discussion about this post