राजविराज । २७ औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार बिन्दु यादव सम्मानित भएका छन् ।
पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरीएको उक्त पुरस्कारबाट मंगलवार पत्रकार यादव सम्मानित भएका छन् ।
पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ । पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित एक समारोहबीच प्रमुख अतिथि प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकार यादवलाई उक्त सम्मान प्रदान गरेका छन् ।
पत्रकार यादव राजविराजबाट प्रकाशित हुने पूर्व प्रभात पत्रिकाका प्रकाशक एवं सम्पादक रहेका छन् ।
विगत दुई दशकदेखि पत्रकारीताको माध्यमले समाज उत्थानमा योगदान पुर्याए वापत उनलाई सम्मान गरिएको पुरस्कार छनौट समितिका संयोजक विष्णु मण्डलले बताए ।
कार्यक्रम पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा उक्त समारोह आयोजना गरिएको थियो ।
Discussion about this post