जनकपुरधाम, पुस २७ गते ।
जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेस प्रदेशको मुख्यमन्त्री बन्नका लागि प्रदेश प्रमुख समक्ष दावी पेस गरेका छन ।
जसपाको मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन सहित दावी पेश गरेका हुन ।
यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन रहेको छ ।
सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ । यता मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ ।
नियुक्त हुने नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी समेत गरिदै छ ।
Discussion about this post