जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।
बुधबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको छ ।
संसदीय दलको नेतामा जितेन्द्र सोनलको समेत दाबी रहेकोमा शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।
Discussion about this post