काठमाडौं । नेकपा (एमाले) छाडेका नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दैछन् । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा स्वघोषणा कार्यक्रम गरेर उनी समाजवादीमा प्रवेश गर्न लागेका हुन्।
बुधबार मात्रै समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन भनेको थियो। यस्तोमा माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछी भुसाल समाजवादीमा प्रवेश गर्न लागेका हुन्।
Discussion about this post