जनकपुरधाम । बलिदानी दिवसको अवसरमा आज (बिहीबार) मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको छ । भने मधेसका मुख्यमन्त्री टाप भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सराेज कुमार यादवले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हँदा अाफै काठमाणडाै भ्रमणमा गएकाे जनाइएकाे छ ।
मधेश आन्दोलनको क्रममा प्रथम सहिद रमेश महतोको सम्झनामा मधेस सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् ।
२०६३ को मधेश आन्दोलन क्रममा सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुहुने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँकै सम्झनामा मधेस सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
मधेस सरकारले आज (बिहीबार) बलिदानी दिवसको अवसरमा जनकपुरस्थित मधेस भवनमा सहिद परिवार र घाइतेको सम्मान गर्ने कार्यक्रम राखेको छ । मधेस सरकारले सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।
Discussion about this post