जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सोहनीमा मन्दिर र स्कूलमा चोरी भएको छ ।
शुक्रबार राति लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीको शिव मन्दिर र पुष्पवाटिका स्कूलबाट २० हजार बराबरको सामान चोरी भएको जनाइएको छ ।
मन्दिरबाट एक थान एमप्लीफाइर, माइक ४ सेट ,हिटर, ग्लेन्डर, ग्यास चुलहालगायतको सामान चोरी भएको स्थानीय संजीत यादवले बताए ।
पुजारीले शुक्रबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ । शनिबार बिहान मन्दिर पुग्दा मन्दिरका समानहरु चोरी भएको पाइएपछि प्रहरीलाई खबर गरेको स्थानीय यादवले बताए।
लक्ष्मीनियाँ प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक छोटेलाल यादवको गेटको ताला फुटाएर चोरी गरिएको छ ।
चोर्न आउने व्यक्तिले मन्दिर र स्कूलबाट चोरेको समान इ-रिक्सामा लोड गरी जनकपुरधामको विश्वकर्मा चोकसम्म पुर्याइएको छ ।
इ-रिक्साबलाका अनुसार ॅमैले फोटो समेत खिचेर राखेको छँु’ । यसबारे गोप्य सूचनाको आधारमा चोरको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post