जनकपुरधाम । सरसफाइ अभियानीहरुले आइतबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र आसपासको क्षेत्रमा सरसफाइ गरेका छन् ।
‘सरसफाइको मामिलामा नो कम्प्रोमाइज’ भन्दै आइतबार बिहान ८ बजेदेखि जानकी मन्दिरको सरसफाइ गरिएको छ ।
सरसफाइ अभियन्ताहरुले पछिल्लो दिनहरुमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासनलगायत अन्य विभिन्न क्षेत्रहरुमा संलग्न व्यक्तिहरुलाई पनि कुनै पनि ढंगले ‘कम्प्रोमाइज’ नगर्न उत्साहित गर्दै आएका छन् ।
कार्यक्रममा धरानका सरसफाइ अभियानी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, जानकी मन्दिरभित्रका पर्यटक प्रहरी, कान्तिपुर पब्लिकेसनका विकास अधिकारी, एकल महिलाकी प्रदेश अधिकृत पूजा साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य वरुणा कणर् तथा लुमिनस ब्यूटी पार्लरकी सञ्चालिका गीता पौडेल, शिक्षक सञ्जु यादवलगायत दर्जनौंको सहभागिता रहेको थियो ।
सरसफाइ अभियानीहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा सरसफाइ अभियान, खानेपानी व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनमा सहयोग, वातावरण व्यस्थापनलगायत वृक्षरोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
Discussion about this post