- पुनम शर्मा
जनकपुरधाम । मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गरिब तथा विपन्न नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।
सामाजिक उत्थान समितिले बुधबार एक समारोहको आयोजना गरी पालिकाका १ सय ७१ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
स्थानीय युवाहरुले समाजमा केही सकारात्मक क्रियाकलाप गरौं भन्ने उद्देश्यका साथ चन्दा संकलन गरेर समिति मार्फत सो कम्बल वितरण गरिएको बताइएको छ ।
कम्बल पाएर गरिब तथा विपन्नहरुले अचानक बढेको चिसोबाट थोरै भए पनि राहत पाइने बताएका छन् । कार्यक्रममा ४१ जना युवाहरूकाे सहभागिता रहेको थियो ।
Discussion about this post