तर यत्ति खुसी भएको सम्बन्ध यदि एकाएक टुट्यो भने भयानक पीडा हुन्छ । दिमागले काम गर्न बन्द गर्छन् । शरीरमा पनि यसको उल्टो असर पर्छ । मुटु, दिमाग सम्बन्धी रोग लाग्न सक्छ । यस पछाडिको विज्ञान के हो त ? दिल टुटेपछि शरीर र मनमा जुन उल्टो असर हुन्छ, पीडा हुन्छ, त्यसका लागि हर्मोन जिम्मेवार हुन्छन् । यसलाई हार्ट ब्रेक हर्मोन्स भनिन्छ ।वैज्ञानिक कारण बताउनु अघि तपाईँलाई सामान्य कारणबारे जानकारी दिऔँ । शरीरमा तनावसँग सम्बन्धित हर्मोन्स बढी निस्कन्छन् जस्तै कार्टिसोल, एड्रिनेलिन र नोराएड्रिनेलिन । सिरोटोनिन र अक्सिटोसिन जस्ता ह्याप्पी हर्मोनको मात्रा घट्न थाल्छ । तर मन टुट्दा पीडा किन हुन्छ भन्नेबारे थाहा पाउन जरुरी छ ।मन टुट्दा किन पीडा हुन्छ ?
इङ्गल्यान्डकी चर्चित डाक्टर डेबोराह लीका अनुसार मन टुट्दाको नकारात्मक असर दिमागमा मात्रै हुँदैन, यसले पूरा शरीरलाई प्रभावित गर्ने गर्छ किनभने जब तपाईँ प्रेममा हुनुहुन्छ, तब तपाईंको शरीरमा हर्मोनको मात्रा बढ्ने गर्छ । यसमा अँगालो हाल्ने वाला हर्मोन जसलाई कडल हर्मोन भनिन्छ, त्यो बढी निस्कने गर्छ । यो अक्सिटोसिन हो ।
फिल गुड हर्मोन, डोपामाइन बढी निस्कन्छ । तर जब तपाईंको ब्रेक अप हुन्छ वा प्रेमी वा प्रेमिकाले धोका दिन्छन्, यति बेला राम्रो हर्मोन्सको मात्रा तीव्र रूपमा कम हुन्छन् । तनाव बढाउने हर्मोन जस्तै कार्टिसोलको मात्रा तीव्र रूपमा बढ्छ । त्यसपछि तपाईँलाई बेचैनी हुन्छ, रिस उठ्छ । सानो कुराले पनि इरिटेट पार्छ ।
दिल टुट्नुलाई मानिस सोसल रिजेक्सन मान्छन्
कार्टिसोलको मात्रा बढ्दा रक्तचाप बढ्छ । तौल बढ्न थाल्छ । शरीरमा पीडा हुन्छ । डन्डिफोर वा फोका निस्कन्छन् । कसैको ब्रेकअपलाई तपाईँले उसको निजी समस्या भन्न सक्नु हुन्नँ । मनोवैज्ञानिक रूपमा यसलाई सामाजिक तिरस्कार भनिन्छ । यसले दिमागको त्यो हिस्सा प्रभावित हुन्छ जसले तपाईंको शरीरलाई पीडा महसुस हुन्छ ।
हालै दिल टुट्नेहरूको दिमागको त्यो हिस्साको स्क्यानिङ पनि गरिएको थियो । उनीहरूको दिमागको म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) गरियो । त्यति बेला उनीहरूलाई उनीहरूको पूर्व प्रेमी वा प्रेमिकाको तस्बिर देखाईको थियो । तस्बिर देख्ने बित्तिकै एमआरआईबाट के पत्ता लाग्यो भने दिमागको त्यो हिस्सा सक्रिय भयो जुन शारीरिक चोट लाग्दा हुने गर्छ । यसलाई सेकेन्डरी सोम्याटोसेन्सर कार्टेक्स र डार्सल पोस्टिरियर इन्सुला भनिन्छ ।
दिल टुट्नुको पीडा दुर्घटनाभन्दा कम हुँदैन
दिमागको यो हिस्सा यसरी सक्रिय हुँदा छाती दुख्ने वा प्यानिक अट्याक हुनसक्छ । यो पीडा महसुस गर्नेहरूलाई लाग्छ कि उनीहरू टुटे । उनीहरूलाई कसैले निर्घात कुटेका छन् । अर्थात् मन टुट्दा पनि त्यस्तै शारीरिक पीडा महसुस हुन्छ जस्तै कुनै समय चोट लाग्दा हुन्छ ।
दिल टुट्दा स्नायु प्रणालीले दुई हिस्सामा काम गर्छ । पहिलो सिम्पेथेटिक, जसले मुटुको गति बढाउँछ । यस्तै, दोस्रो प्यारासिम्पेथेटिक, जसले त्यसको काउन्टर गर्छ । अर्थात्, शरीरलाई शान्त रहन मद्दत गर्छ । स्नायु प्रणालीका यी दुवै हिस्सा त्यही हर्मोनबाट एक्टिभ हुन्छ जुन दिल टुट्ने बेला निस्कन्छ ।
दिल टुट्दा मृत्यु पनि हुनसक्छ, अनुसन्धानमा दाबी
दिल टुट्दा दिमाग र मुटु दुबैमा तगडा असर हुन्छ । यसका कारण मुटुको इलेकट्रिकल क्रियाकलापमा बाधा पुग्न सक्छ । मुटु धड्किने दर कम हुनसक्छ । साइकोन्युरोएन्डोक्राइनोलोजी नामको जर्नलमा छापिएको रिपोर्ट अनुसार जब कसैको श्रीमान् वा श्रीमतीको मृत्यु हुन्छ, तब दोस्रो पार्टनरको ६ महिनामा नै मृत्यु हुने सम्भावना ४१ प्रतिशत रहन्छ । कमजोर मुटु भएकाहरूलाई बेचैनी, थकान, तनाव, डिप्रेसन र निद्रा कम लाग्ने समस्या हुन्छ ।
मानिसहरूलाई ब्रोकेन हार्ट सिन्ड्रोम पनि हुन्छ
ब्रोकेन हार्ट सिन्ड्रोम एक दुर्लभ स्थिति हो । यसलाई ताकोसुबो कार्डियोमियोप्याथी पनि भनिन्छ । यसमा असाध्यै तनाव हुन्छ । तीव्र भावना जागृत हुन्छ । शारीरिक रोगमा वृद्धि हुन सक्छ । मुटुको रगत पम्प गर्ने क्षमता सिधा रूपमा प्रभावित हुन्छ । दिल कमजोर हुन्छ । छाती दुख्छ, हृदयाघात पनि हुनसक्छ ।
Discussion about this post