उमेश कुमार साह,
सप्तरी : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरी मा श्री श्री १०८ श्री नाग बाबा जिनियस युवा क्लबद्वारा संचालित पहिलो रनिङ शिल्ड प्रतियोगिता एक कार्यक्रमको बीच सम्पन्न भएको छ ।
गाउँको युवाहरुको पहलमा १६०० मिटर र ३२०० मिटर पुरुष रनिङ शिल्ड प्रतियोगिता २०७९ को आयोजना गरिएको छ।
पत्रकार उमेश कुमार साहले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , वडा नम्बर ९ का अध्यक्ष तपसी यादव , ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका कार्यालय प्रमुख सुरेश कुमार यादव , युनाइटेड मिसण क्लबका प्रतिनिधि , जनप्रतिनिधि, कर्मचारी, शिक्षक, वि.व्य.सका पदाधिकारी, सुरक्षाकर्मी, बुद्धिजीवी, विद्यार्थी ,युवा स्थानीयबासीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
१६०० मिटर र ३२०० मिटर रनिङ प्रतियोगिता समापन पछि कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सिंहले बिजय खेलाडीहरुलाई बधाई दिदै मानव चेतनाको बिकासको लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष यादवले खेलाडी सधै अनुशासित भयर अगाडी बढ्नु पर्ने बताउदै बर्दी बिनाको सिपाही भनेको खेलाडी भएको बताउनु भएको थियो । खेलकुदमा सप्तरीको जिल्ला लगायत अन्य जिल्लाको खेलाडीको उपस्थिति रहेको थियो ।
३२०० मिटर रनिङ शिल्ड प्रतियोगिता २०७९ को प्रथम बिजेता सिकिन्द्र रामले जित्न सफल भएको छ भने अमरेन्द्र कुमार यादवले द्वितीय स्थान र हरेराम मन्डलले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।
भने १६०० मिटर रनिङ शिल्ड प्रतियोगिता २०७९ को प्रथम बिजेता पशुपति साहले जित्न सफल भएको छ भने मोहम्मद सनाबुल रहमानले द्वितीय स्थान र दिपेन यादवले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।बिजेता प्रथम , दोस्रो र तेस्रोलाई नगद रासी , प्रमाणपत्र , मेडेल र शिल्डकपले सम्मानित गरिएको खेलकुद समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति गौरी शंकर यादवले बताए ।
Discussion about this post