जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको समय नजिकिँदै गर्दा विद्यार्थी संगठनका नेताहरु अहिले चुनावी प्रचारमा व्यस्त छन् । उनीहरुले क्याम्पसमा भेटघाट गर्ने, निर्वाचनबारे सचेतना फैलाउने काम गरिरहेका छन् ।
स्ववियु विद्यार्थीद्वारा निर्वाचित एक वैधानिक निकाय हो। यस चुनावबाट विद्यार्थी नेतृत्व छनोट हुन्छ र उनीहरूले विद्यार्थीको अधिकारका लागि काम गर्छन्।
आउदो चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थी जनमत संघको लागि अवसर र चुनौती दुवै रहेकोे देखिन्छन् । अवसर भन्नाले समय आएको छ उम्मेदवारी बन्ने र चुनौती भन्नाले विद्यार्थीहरूको हकहितका लागि आवाज बुलन्द गर्न, विश्वविद्यालय, क्याम्पस र विद्यालयमा भएको अराजकता, बेथितिको सुधार तथा खबरदारी गर्न नेतृत्व चाहिन्छ ।
स्ववियु नहुँदा विश्वविद्यालय प्रशासनका कर्मचारीले विद्यार्थीमाथि लाद्न खोज्ने जस्ता धेरै समस्या छन् । जसका कारण विद्यार्थीहरुले निकै सास्ती खेप्नु परेको छ । यसका लागि विद्यार्थी संगठन तयार हुनुपर्छ। शैक्षिक क्रान्तिको मुद्दा बोक्ने, त्रिविमा भएको अराजकता, विकृति विसंगतिका गतिविधि निराकरण गर्ने र विद्यार्थीहरूले भोग्दै आएका समस्या समाधान गर्न विद्यार्थी जनमत संघको नेतृत्व आवश्यक छ।
विपक्षी विद्यार्थी सङ्गठनका नेताहरूले आफ्नो स्वार्थका कारण क्याम्पसका प्राध्यापक र शिक्षकहरूलाई आफ्नो एजेण्डामा राख्न खोज्दा क्याम्पसमा परिवर्तनको कार्य हुन सकेको छैन। क्याम्पसमा हरेक कुरामा कमजोरी छ। नतिजाको कुरा होस् वा अन्य मुद्दाहरू, कसरी सामना गर्ने र सुधार गर्ने योजना त्यो जनमतको नेतृत्वले सुधार हुन सकिन्छ ।
अहिले हुन लागेको स्ववियु निर्वाचनमा कस्तो नेतृत्व आवश्यक छ भनी विद्यार्थीहरूको राय बुझ्ने प्रयास गर्दा जनमतको नेतृत्व नै चाहेको पाइन्छ ।
तनविर रेजा राइन
राजनीति शास्त्र विद्यार्थी
रा.रा.ब. क्याम्पस,जनकपुर
Discussion about this post