जनकपुरधाम । धनुषा प्रहरीले एकैदिन विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय तथा मातहतको कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले जानकारी दिए ।

डिएसपी गौतमले अधिकांश फरार प्रतिवादीहरु कुटपिट मुद्दाका रहेको जानकारी दिएका छन् ।