जलेश्वर । महोत्तरीमा आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-३ मडैका ३० वर्षीय वीजेन्द्र महरा रहेका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति महराले ७० वर्षीय शिव महराको हत्या गरेका थिए ।

वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । घटनालगत्तै महरा फरार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई पक्राउ गरिएको छ ।